एजेन्सी– विश्वकपका गोल्डेन बुट विजेता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् ।
सोमबार पेरिस पुगेपछि स्थानीय पत्रकारसँग कुराकानी गर्दै सन् २०२६ को विश्वकप फुटबलमा फ्रान्सले उपाधि जित्ने बताए ।
उनले पत्रकारहरुसँगको कुराकानीमा भने, ’हामी सबै यति विश्वस्त छौँ, चार वर्षपछि फ्रान्स फेरि लयमा प्रतिस्पर्धा गर्नेछ, उपाधि जित्ने लक्ष्य पूरा गर्छौं,’ । फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो । एम्बाप्पेले आठ गोल गर्दै गोल्डेन बुट जिते तर उनी खासै खुशी देखिएका थिएनन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १०:३७