काठमाडौं – नेपाली बजारमा मंगलबार सुन सामान्य अंकले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ४ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन स्थिर रहेर प्रतितोला १ लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ ११:२९