काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा वित्तीय साक्षरता, भ्रमण वर्ष २०२० सम्बन्धी नारा भएको सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले उपस्थित सम्पूर्ण स्थानीय समाजसेवी, बुद्धिजिवी, सदस्यहरूलाई स्वागत गरे भने प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले २६ जिल्लामा ४९ वटा शाखा कार्यालयमार्फत ३१ हजार भन्दा बढी विपन्न घर परिवारलाई सेवा पुर्याएको रू. १ अर्व ८३ करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा रू. ६१ करोड निक्षेप जम्मा गरेको जानकारी दिए ।
संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरू दिइरहेको, निक्षेप र कर्जा सेवा ग्राहकको आवश्यकताअनुसार स्वीकार गरी उपलब्ध गराएको, समय सापेक्ष उद्यमी बन्न तालीम उपलब्ध गराई रहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ्गसुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवीप्रकोपमा परेका सदस्यहरूलाई राहत, सुत्केरी सुबिधा प्रदान गरिरहेको व्यहोरा जानकारी गराइयो ।