काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनको विकल्प नखोज्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्न नमिल्ने भन्दै उनले जनताको मर्मविरुद्ध जान नहुने बताए ।
आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दैँ उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताए ।
उनले अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आए पनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताए ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १३:०९