काठमाडौं– पशुपति शमसेर राणाद्धारा निर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने भएका छन्। ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधान अनुसार राणाले निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका हुन्।
संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि उनले अन्य सांसदलाई शपथ खुवाउने छन्। सांसदहरूको शपथ पुस ७ गते तय भएको छ। नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्रराय यादव जेष्ठ छन्।
कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उनले शपथ ग्रहण गराउन अस्वीकार गरेका हुन्। त्यसपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठो रहेको पाइएको छ।
केसीको जन्म विसं १९९८ माघ २० मा भएको थियो भने राणाको जन्म १९९८ मंसिर २४ मा भएको थियो।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १३:२५