एजेन्सी– नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार हैजाबाट सोमबारमात्र सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो ।
सोमबार मात्र यो संख्या बढेर ५१ पुगेपछि यो सोमबार मात्र ३१ जनाको ज्यान गएको प्रमाणित भएको हो ।पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको समाचारमा जनाइएको छ ।
हैजा दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ ।
हप्तादेखि झाडा पखालाका विरामी बढेको पाइएको थियो । ती विरामीमा हैजाको प्रकोपको आशङ्कामा अनुसन्धान गरिएको थियो ।यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएअनुसार यहाँ गएको बुधबारदेखि हैजा सङ्क्रमण भएको पाइएको हो ।
सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।
यहाँका घना बस्तीहरुमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको बताइन्छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १४:१३