काठमाडौँ – नेप्से परिसूचक आज सोमबार होरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।
बैंकिङ ६, विकास बैंक ८, फाइनान्स ६, होटल तथा पर्यटन ६४, जलविद्युत् १४, जीवन बीमा ८३, उत्पादन २२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा २७, अन्य ३४ र व्यापार उपसमूह १५ अंक बढे । तीन लघुवित्त कम्पनीहरु आँधिखोला, सिर्जनशील र धौलागिरिको मूल्य १० प्रतिशत बढ्यो ।
सीवाईसी लघुवित्तको मूल्य ७.८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, सिभिल बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र फरवार्ड माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १५:२४