काठमाडौं– कालिञ्चोक दर्शन प्रा.लि.को पाँचौँ बार्षिक साधारण सभाले सम्पन्न भएको छ । साधारणसभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ । साधारणभाले कम्पनीको अध्यक्षमा बालकृष्ण शिवाकोटी र सञ्चालकहरूमा मार्कण्डेय अधिकारी, ऋषिकेश गौली, रमेशराज शिवाकोटी, डिल्ली प्रसाद शिवाकोटी, गुरूप्रसाद अधिकारी र थानेश्वर बस्याललाई निर्वाचित गरेको छ । साधारणसभाले संचालक समितिको निर्वाचनका अतिरिक्त संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनलाई समेत पास गरेको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक कुरीबाट कालिञ्चोक भगवतिको मन्दिरसम्म सजिलै आवतजावत गर्नको लागि करिब ५२ करोडको लागतमा २०७५ कार्तिक महिनाबाट केवलकार संचालनमा ल्याएको छ । उक्त स्थानमा केवलकारको निर्माण र संचालन पछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा उल्लेख्य रूपले बृद्धि भएको छ । कम्पनीले सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त देखिएका अन्य स्थानमा पनि केवलकार संचालन गर्न सक्ने अध्ययन गरिरहेको छ ।