काठमाडौं– रेमिट्ली र जि.एम.इ रेमिट प्रा.लि. बीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत म्याथु अप्पिन्हेमेरले हस्ताक्षर गरेका छन् । सम्झौतापछि रेमिट्लीमार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिटको ७००० भन्दा बढी एजेन्टमार्फत् भुक्तानी लिन सकिनेछ । हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के., मलेसिया, जापानलगाएत खाडि मुलुकबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।