एजेन्सी– एलन मस्कले ट्विटरको सीईओ पदबाट राजीनामा दिने बताएका छन् । उनले ट्विट मार्फत गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु ।’
उनले सो कुराको घोषणा गर्नुअघि ट्विटरको सीईओ पद छाड्ने कि नछोड्ने भनेर ट्वीटरमा पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्नेसमेत लेखेका थिए । यस मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२।५ प्रतिशतले विरोध गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १०:४३