काठमाडौं– नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनसुार आज छापावाला सुन तोलामा ८ सयले बढेको हो ।
यससँगै छापावाल सुन प्रतितोला १ हजार १२ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ७ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ ११:१७