काठमाडौं– गगन थापाले आफनै समूहको मत समेत पाएनन् । कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री थापाले जम्मा २५ मत ल्याएका हुन् ।१४ महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तीमा ३२ सांसद निर्वाचित भएका थिए ।
गगन थापाको पक्षमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि अभिएका थिए जसले गर्दा थापको मत बढ्नुपर्ने देखिन्थ्यो । तर कोइराला समूहभित्रैको छद्म असन्तुष्टि र सत्ताको प्रभाव समेतले गर्दा गगनले आफ्नै समूह र त्यसमा जोडिन आइपुगेका सबैको मत पाएनन् ।
गत महाधिवेशनको समिकरण अनुसार कोइराला र थापा समूहमा अहिले शेखर कोइराला, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, धनराज गुरुङ, गगन थापा, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावलतेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, सांसद बनेका थिए । यीमध्ये केही देउवा पक्षमा गएका छन् । गोप्य मतदान भएकाले कसले देउवालाई सघाए भन्ने बारे टुङो छैन ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ ११:२६