म्याग्दी–म्याग्दीको सदरमुकाम बेनीमा ‘मिनि रंगशाला’ निर्माण शुरु भएको छ । बेनीको खुल्ला मञ्च खेलमैदानलाई विस्तार र स्तरोन्नति गर्न प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्न थालिएको हो ।
रंगशाला निर्माणका लागि बेनी नगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपैयाँ बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालले आठ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।
त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १२:३४