काठमाडौं– नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
लामिछानेले नागरिकता किर्ते गरेको दाबी गरेर उनलाई सांसदका रूपमा शपथ खुवाउन नमिल्ने जिकिर गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
उक्त रिटमा सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले अब दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ ।
योसँगै अब लामिछानेले भोलि सांसदको शपथ लिने बाटो खुलेको छ । भोलि दिउँसो १ बजे सांसदहरूले शपथ खाँदै छन्
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १३:४८