काठमाडौं– १० वर्षीय नाबालिका बलात्कारको आरोपमा बाबु प्रकाउ परेको छ । नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा २७ वर्षीय बाबु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार छोरी बलात्कार भएको जानकारी घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए ।
पहरीका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका गर्नुका सार्थै पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको हो।
आफ्नै नाबालिका छोरीमाथि बलात्कारको आरोप लगाएका ती पुरुषमाथि कानुनी कारबाही अघि बढाउन महिला अधिकारकर्मीले माग राखेका छन्।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १४:४८