काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्। आज बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।
अन्य संसदको प्रमुख सचेतक साथै पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । लोसपाका तर्फबाट प्रतिनिधिसभामा ४ जना सांसद रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १४:५६