चितवन - चितवनको भरतपुरमा अपाङ्गतासम्बन्धी जागरण गीत आज सार्वजनिक गरिएको छ । दिवा स्याहार केन्द्र भरतपुर–२६ ज्योतिनगर र तिमीसँग अम्बिका अभियानको सहयोगमा निर्माण भएको ‘आउ साथी एउटा खुसीको दियो बालौँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा आधारित भएर गीत र भिडियो निर्माण गरिएको छ । गीतले आफ्नो अपनत्व आफैँ गरौँ भन्ने सन्देश दिएको छ ।
कुनै पनि हालतमा पछाडि पर्न नहुनेमा जोड दिँदै सङ्घर्ष गरे समाजमा अपाङ्गता भएकालाई हेर्ने सङ्कुचित दृष्टिकोण बदलिनसक्ने भिडियोमार्फत देखाउन खोजिएको छ ।
काठमाडौँ, झापा, विराटनगरमा यस गीतको प्रवद्र्धन गरिसकिएको दिवा स्याहार केन्द्र भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरेले जानकारी दिए ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले गीतमा स्वर दिएको छन् । यस गीतका गीतकार नरेश प्रधान र सङ्गीतकार शक्ति बल्लभ रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ ०८:२८