काठमाडौं –चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार त्याहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको बताएका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने विभिन्न एजेन्सीहरुले जनाएको छ।
ओमिक्रोनको सबभेरियन्ट बिएफ(७ का संक्रमितका कारण राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ।
चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ।
बुधबार मात्रै भारतमा यहीँ भेरियन्टका तीन वटा नयाँ केस फेला परेका थिए। यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो भेरियन्ट भेटिएका दुई जना निको भइसकेको बताएको छ।
यसैबीच, भारतले पनि विमानस्थलमा सतर्कता बढाएको छ। बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ १०:२३