नेपालगन्ज । नेपालगन्ज स्थित आन्तरीक राजस्व कार्यालयमा आज हेल्पडेस्क कार्यक्रम सम्पन्न भएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो हेल्पडेस्क कार्यक्रम सम्पन्न भएको हो । सेवाग्राहीलाई सहयोग गर्ने तथा सेवागाहीहरुका गुनासाहरु संकलन गर्ने उद्धश्यले आयोजित कार्यक्रममा उपस्थित सेवाग्राहीहरुले कार्यालयको सोधपुछ तथा हेल्पडेस्क लाई ब्यवस्थित गर्नु पर्ने बताए । यसैगरी कार्यालयमा कर्मचारीलाई खोज्नै गाह्रो भएकाले फाँटहरु प्रष्ट हुनेगरी ब्यवस्थापन गर्नुपर्ने, कर तिर्दा सेवाग्राहीहरुले झन्झट बेहोर्नुपर्ने भएकाले सेवा सहजताका लागि थप कर्मचारीको ब्यवस्था गर्नुपर्ने सेवाग्राहीहरुको गुनासो थियो । कार्यालयको सेवाप्रवाहमा केही समस्या भएपनि पहिलेको तुलनामा ब्यवस्थित हुदै गएको सेवागाहीहरुले बताए । हेल्पडस्कको क्रममा कार्यालयका सम्बन्धमा ९ ओटा गुनासाहरु दर्ता गरिएका छन् । दर्ता गरिएका गुनासो तथा सेवाग्राहीहरुले दिएको सुझावलाई आज नै बासका कार्यक्रम अधिकृत हेमराज भट्टले कार्यालयका निमित्त प्रमुख राजु प्रसाद प्याकुरेललाई जानकारी गराएका छन् । गुनासो सुन्दै निमित्त प्रमुख प्याकुरेलले कर्मचारीको सँख्या कम भएको र कार्यालय भवन समेत पुरानो भएकाले सोचे अनुसारको सेवा प्रवाह गर्न नसकिएको बताए उनले कार्यालय भवन निर्माण भईरहेको भन्दै समस्या विस्तारै समाधान हुने बताए । कार्यालयमा प्रमुख नहुदा केही समस्या भएको बताउदै सेवाग्राहीबाट आएका गुनासाहरु सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरे । हेल्पडेस्कमा बासका कार्यक्रम अधिकृत हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरी, कार्यक्रम संयोजक शम्भु शाही, स्वयम् सेवकहरु रुपा चौधरी, पुजा रस्तोगी, राम सोनाम, रमिता चौधरी र खुमेस सुबेदीको सहभागीता रहेको थियो ।