एजेन्सी– तालिबान सरकारले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयलाई संयुक्त राष्ट्रसङ्घीयका अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय वुमन( युएन वुमन) का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रंह गरेको हो ।
उनले भने – अफगानिस्तानक तालिबान सरकारले गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ र शिक्षामा महिलाको पनि समान अधिकार रहेकोले त्यसको सबैले सम्मान गर्नुपर्छ ।
तालिबान सरकारका शिक्षा मन्त्रीले यसै हप्ता महिलालाई उच्च शिक्षा लिन बाट बन्चित गराउने निर्णय गरेको थियो । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबिन्धत गरेको घटनाको सबैतिर विरोध भएको छ ।
मङ्गलबार मात्र पनि अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर विरोध गरेको छ । उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले राखेका छन् ।
दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।
तालिबानहरुले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीय सभा तथा बैठकहरुमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ ।बहाउसले बुधबार एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रुपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ १२:२८