एजेन्सी – र्जेन्टिनाको मुद्रा नोटमा लियो मेस्सीको तस्विर राखिने खबर भाइरल भइरहेको छ । अर्जेन्टिनाको केन्द्रीय बैंकले विश्वकप जितपछि मेस्सीलाई नोटमा राख्न प्रस्ताव गरेको छ । दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी गरेको वित्तीय पत्रिका एल फाइनान्सिएरोले जनाएको छ ।
रिपोर्टका अनुसार विश्वकप फाइनल अघि नै मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर र पछाडि ‘ ला स्कालोनेटा’ को तस्विर राखिने जनाईएको छ । ‘ला स्कालोनेटा’ कोच लियो स्कालोनीलाई दिइएको उपनाम हो । यस बारेमा विश्वकप अगाडिने विकल्पको रुपमा छलफल भएको भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ १३:२४