महोत्तरी– मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेको छ ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक खाँले भौतिक पूर्वधारमा सुधार भएजस्तै प्रहरी कर्मचारीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्ने उल्लेख गर्दै कार्यालयमा आउने सेवाग्राहीलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्नुपर्ने बताए । नागरिकले सुरक्षा मापदण्ड अपनाई सुरक्षाप्रति सचेत रहदा प्रहरीले प्रदान गर्न सुरक्षा सेवामा थप सहज हुने उल्लेख गर्दै प्रहरीको काम कारवाहीलाई अझ बढी चुस्त दुरुस्त बनाउन नागरिकले समाजमा हुने हरेक गैर कानुनी क्रियाकलापको सूचना प्रहरीलाई दिनुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले धन्यवाद मनत्व्य व्यक्त गरेको थियो । उक्त सिनियर प्रहरी अधिकृत निवास नेपाल सरकारको नियमित बजेटबाट १ करोड ४० लाख ५६ हजार ५ सय ३४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय प्रतिनिधि, संचारकर्मी, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी लगायता प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ १६:२५