काठमाडाैं - माछापुच्छ्रे बैंक लिमिटेडले पुस २९ गते चौबीसौँ वार्षिक साधारण सभा आव्हान गरेको छ। बैंकले पुस २९ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीइ संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै, संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, रिक्त रहेको पदमा सञ्चालक समितिले साविक सञ्चालकको बाँकी कार्यकालसम्मको लागि गरेको सञ्चालकको नियुक्ती अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ १४:५३