एजेन्सी– कतारमा भएको विश्वकपमा अर्जेन्टिनाको टोलीले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएपछि इमिलियानो मार्टिनेज प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिए । मार्टिनेजले उत्कृष्ट गोलकिपर चुनिएसँगै उनले गोल्डेन ग्लोभ्स जिते । सो सफल्ताको उत्सव मनाउने क्रममा मार्टिनेजले गोल्भसलाई गुप्तांगको क्षेत्रमा राखेर अश्लि इशारा गरे ।
उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेपछि गरेको इशाराका कारण उनको मनोवृत्तिमाथि प्रश्न उठन थालेको छ भने आलोचना समेत भइरहेको छ । फ्रान्सेली राजनीतिज्ञले फिफालाई गोल्डेन ग्लोभ अवार्डबाट एमिलियानो मार्टिनेजलाई हटाउन आग्रह समेत गरेका छन् ।युरोपमा उनीहरूले विश्वकपमा उत्कृष्ट गोलकिपरको अवार्ड उनीबाट खोसियोस् भनेर फिफालाई भनेका छन् ।
फिफा विवादमा पर्न चाहँदैन ?
यस विषयलाई लिएर फिफा भने विवादमा पर्न चाहँदैनन् । युरोपमा आलोचना भएको र अर्जेन्टिनामा मनाइने मार्टिनेजको इशारा, कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपरको अवार्ड जित्दा अल्बिसेलेस्टेले ब्राजिललाई थोरै फरकले हराउँदा गरेको जस्तै थियो। त्यस अवसरमा फिफाले कुनेपनि कदम चालेको थिएन र विश्वकपको फाइनलमा जे भयो त्यही अवस्था दोहोरिन सक्ने छ ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ १०:४३