काठमाडौं– बलिउड अभिनेत्री दीपिका पादुकोण केही दिनयता स्विट्जरल्याण्डको डावोसमा छिन् । उनी त्यहाँ आयोजना भइरहेको ‘वल्र्ड इकोनोमिक फोरम’ नामक कार्यक्रममा सहभागी हुन पुगेकी हुन् ।
अन्तर्राष्ट्रिय मिडियाले जनाएअनुसार यसैक्रममा अभिनेत्री दीपिकाले मंगलबार डब्ल्यूएचओका महानिर्देशकसँग मानसिक स्वास्थ्य र डिप्रेशनबारे चर्चा गरेकी छन । उनले आफ्नै अनुभवलाई त्यहाँ बताइरहँदा धेरैले ध्यान दिएर सुनेको थिए ।
उनले एक दिन बिहान आफू उठ्ना साथ बेहोस् भएको स्मरण गर्दै भनिन्, ‘संयोगवश घरमा सहायता गर्ने महिलाले भुइँमा लडिरहेको देखिन र मलाई डक्टरकोमा लगियो । र डक्टरले ब्लड प्रेसर या थकानको कारणले यस्तो भएको बताए ।’
दीपिकाले त्यो लक्षण डिप्रेशनको पहिलो शारीरिक संकेत भएको पनि बताए । त्यतिखेर आफू डिप्रेशनमा पर्दै गएको बताइन् । उनले भनिन्, ‘लामो समयसम्म मलाई केवल सुतिरहन मात्र मन लाग्थ्यो, बाहिर निस्किन र मान्छेहरूसँग भेट्न मनै लाग्दैनथ्यो ।’ उनले पछि आफ्नी आमाको साथ पाएको र आमाकै सहयोगमा मनोचिकित्सक सँग परामर्श लिन सुरु गरेको बताइन् ।