काठमाडौं– समुद्र सतहबाट ३३सय मिटर उचाइमा रहेको दोलखाको उत्तरीक्षेत्र गौरीशंकर गाउपालिका को खारे स्थित सोथलि डाडा आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ। केहि बर्ष अगाडिसम्म अपरिचित नै रहेको सोथलि हाल कर्मचारी तथा विद्यार्थीको छुट्टिको समयलाइ मनोरञ्जनमा बदल्न पहिलो गन्तव्य र रोजाइमा सोथलिलाइ नै लिइने गरिन्छ।पछिल्लो समय पर्यट्किय गन्तव्यको रुपमा परिचित प्राकृतिक र धार्मिक हिसाबले अतिनै मनोरंजन युक्त र दोलखा जिल्लाको अधिकाङ्स भुभागको सहजै अबलोकन गर्न सकिन्छ।
सदरमुकाम चरिकोटबाट खारेको बस्तिसम्म मोटरयात्रा पश्चात कसेरि र मानेडाडाको एक रातको बसाई पछि बिहान पैदल यात्रा गर्नुपर्दछ। सुर्लिङ कोटसे बाघखोर हुदै कतिपय आन्तरिक पर्यटकहरुले गिरपानी मैदानमा वरिपरिको सुन्दर वातावरण अबलोकन गरि मनोरञ्जन प्राप्त गरि सोथलितर्फ प्रस्थान गर्छन करिब मानेडाडाबाट पैदल हिडाइको डेढघण्टामा पुग्न सकिन्छ गबनासोको ट्रेहाउस त्यहा केहिबेरको थकाइ मेटान पछाडि खस्रो घारिको प्राकृतिक सुन्दरताको अबलोकन गर्दै चराचुरुङ्गीको मिठास आवाजलाइश्रवन गर्दै पर्यटकमैत्री सिडि चड्दै गन्तव्य सोथलितर्फ बढ्छ।
बुकि फुल र सुनपाति धुपको बासनाले र मृग घोरल कालिजको प्राकृतिक कला च्यासि फलको स्वादिलो स्वादले भ्रमणमा गएका पर्यटकलाइ थप उर्जा प्रदान हुन्छ। सोथलि आसपास धेरै किसिमको जडिबुटी पनि पाइने हुदा धेरै विद्यार्थी तथा वातावरण विद पनि पुग्ने गर्दछ्न। केहि बर्ष अगाडि सम्म पैदलयात्रीलाइ खानेपानीको समस्या थियो त्यहि आबश्यकतालाइ मध्यनजर गर्दै निबर्तमान वडा अध्यक्ष रमेश खड्काको पहलमा शिकारीबासको खानेपानीलाइ पाइप द्वारा ठाउठाउमा बितरण गरिएकोले खानेपानीको आबश्यक्ता पुर्तिभएको छ।
सोथलिबाट गौरीशंकर हिमाल कालिन्चोक भगवति चेर्दुङ माथिल्लो तामाकोसी जलविद्युत स्थल हनुमन्तेडाडा सहजै अबलोकन गर्न सकिन्छ। पर्यटकीयमैत्री बासस्थान भएकोले घुम्न गएका आन्तरिक तथा बाहिय पर्यटकलाइ बासबस्न खासै समस्या छैन। च्छो(रोल्पा हिमताल पुग्नपनि सोथलिबाट छोटो दुरि भएकोले आन्तरिक पर्यटकले यो मार्गलाइ रोज्ने गर्दछन। सोथलि सेतिदेबिको पुजा आरधाना गरे मनोकाङ्क्षा पुरा हुने जनबिश्वासका कारण पनि आन्तरिक पर्यटक बढ्दै गएको वडा अध्यक्ष दावारिन्जि शेर्पा बताउछन यस क्षेत्रलसि पर्यटन मैत्री हबको रुपमा बिकास गरि स्थानीय स्थरमा रोजगार स्थापित गराउने योजना रहेको वडा अध्यक्ष बताउछन।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ १५:४३