काठमाडौं– सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन् । पहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका थिए ।
सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १३:०२