काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगको छलफल जारी रहेको छ ।लिङदेनलाई भेटे लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरी रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट खुमलटार गएका प्रचण्ड त्यसपछि ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफलबाट गठबन्धन टुटेपछि प्रचण्ड ओलीसँग छलफल गर्न पुगेका हुन् । ओलीसँग आइतबार विहान माओवादी महासचिव देव गुरुङले ओलीसँग छलफल गरेको बुझिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १४:२४