काठमाडौं– बालकोटको छलफलपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बैठकका लागि बोलाएका हुन् ।
चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको छुट्टै गठबन्धन बनाएर सरकार गठन गर्ने गृहकार्यमा लागेका उपेन्द्र यादवले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १५:४६