काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय लिन राप्रपाको बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
उनका अनुसार बैठकमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी छन् । बैठकमा सत्ता गठबन्धन टुटेपछि बन्ने नयाँ सरकार र राप्रपाको सहभागिताको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १५:५०