काठमाडौं– एमालेसहित ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। केपी ओली निवास बालकोटमा सम्पन्न बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिमा जुटेको बताए ।
अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष शीर्ष नेताहरुले सरकार गठनको दाबी पेश गर्न जानेछन्। नेताहरु राष्ट्रपति कार्यालय जाने तयारीमा छन्।
वार्तामा सहभागी एक नेताले राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेश गरिने बताए।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १६:०८