बेजिङ- चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध रहने बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थिति र चीनको विदेश सम्बन्धसम्बन्धी गोष्ठीलाई सम्बोधन आज यहाँ अप्रत्यक्षरूपमा सम्बोधन गर्दे मानव प्रगति र विश्व सद्भाव प्रवद्र्धन गर्न चीन दृढ रहेको बबताए । ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज र चाइना फन्ड अफ इन्टरनेशनल स्टडीजले संयुक्त रूपमा आयोजना गरेको उक्त गोष्ठीमा विदेशमन्त्रीले चीनको दिगो विकास प्राप्तिका निम्ति आफूलाई समर्पित गर्ने तथा अन्तर्राष्ट्रिय प्रणालीको निरन्तरता एवम् परिवर्तनका उद्देश्यमा योगदान गर्ने बताए ।।
चीन आधुनिकीकरणको चिनियाँ मार्गमा अडिग रहने, मानव विकासको नयाँ स्वरूप मात्र सृजना नगर्ने बरु विकासोन्मुख देशहरूका लागि नयाँ विकल्प पनि प्रदान गर्दै उनीहरूको राष्ट्रिय परिस्थिति अनुरूप विकासका मार्गहरू खोज्न र द्रुत गतिमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्न तत्पर रहेको नेता वाङले बताए ।
शान्तिपूर्ण विकासमा चीन प्रतिबद्ध रहने, आधिपत्य वा विस्तारको खोजी नगर्ने, सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीतिको विरोध गर्ने, शान्ति र विकासका लागि आफ्ना जनता तथा सबै देशका जनताको वैधानिक अधिकारको रक्षा गर्ने चीनको नीति विदेशमन्त्री वाङले स्पष्ट गरे । दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिलाई चीनले जोड दिएको उनले बताए।
आफ्नो र विश्व विकासका लागि चीनले उच्चस्तरको खुलापनलाई निरन्तरता दिने, खुलापनको पारस्परिक लाभकारी रणनीति अपनाउने, आर्थिक भूमण्डलीकरणको सही मार्गलाई अवलम्बन गर्ने, व्यापार र लगानीको उदारीकरण एवम् सहजीकरण, खुला विश्व अर्थतन्त्रको निर्माणका साथै नयाँ अवसर सृजना गर्ने चिनियाँ चाहना विदेशमन्त्रीले सुनाए ।
“हामी स्वतन्त्रताप्रति प्रतिबद्ध रहनेछौँ गठबन्धन र टकरावको सट्टा साझेदारी र संवाद खोज्नेछौँ, गुण र दोषका आधारमा कुनै पनि मुद्दामा हाम्रो अडान निर्धारण गर्नेछौं, सबै देशसँग आपसी सम्मान, विश्वास र लाभका खातिर काम गर्नेछौँ, समानता, खुलापनसहितको विश्वव्यापी सहयोग र साझेदारीलाई गहनरूपमा विस्तार गर्नेछौँ,” राज्य परिषद् सदस्य वाङले भने ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ०७:३०