
धनगढी — धनगढीको जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
मनकामना युवा क्लबको आयोजनामा दोस्रो संकरणको वानस्टप अटोमावोईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता माघ ११ गतेबाट मनकामना युवा क्लबको खेल मैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा पुरुषतर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।