पाल्पा– १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका–१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हिमालले ती किशोरीलाई असार ३ गते जबरजस्ती करणी गरेको र ती किशोरी गर्भवती समेत भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ११:३०