दोलखा– नेपाली काङ्ग्रेस दोलखाको जिम्मेवार नेतानै स्थायी अन्तरघाति रहेको र पार्टि सगठनमा त्यसले ठुलो क्षति पुगेको नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामाले बताएका छन ।
आइतबार सदरमुकाम चरिकोटको सिमपानी हलामा संघ र प्रदेशको निर्वाचन पछिको चुनावी समिक्षा तथा बृहत भेलालाइ सम्बोधन गर्दै ब्यक्तिगत फाइदा र अबसरको लागि दीर्घकालीन काङ्ग्रेस भैराख्ने जब निर्वाचनको बेला बिपक्षीय दलका उम्मेद्बारलाइ टेवा पुग्ने गतिविधि सिर्जना गर्ने परिपाटीले तल्लो स्तरका नेता कार्यकर्तामा नैरास्यता सिर्जना भएको उनको भनाइ छ।
दोलखा बागमती प्रदेश ख तर्फ प्रत्यक्ष निर्वाचन हराउन पार्टीको केन्द्रिय सदस्यले नै दोहोरो भुमिका खेलेको उनको भनाइ छ । केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी दोलखा बागमति प्रदेश ख को टिकटको मुख्य दाबेदार थिए तर सभापति लामा आफैले टिकट हात पारेपछि शिवाकोटी रुस्ट थिए। बेला बखत लामा प्रति कटाक्ष गर्दै आक्रमक शैलीमा प्रस्तुत हुन्थे शिवाकोटी नेपाल प्रेस युनियनको महासचिवमा रहदा नेपालको चर्चित घटना तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन काण्ड र तत्कालीन सुचना तथा सन्चार मन्त्री गोकुल बास्कोटाको ७०करोड काण्ड मिडियामा ल्याएर काङ्ग्रेसको इज्जतमा ठुलो गुण लगाएको दाबि गरिरहदा शिवाकोटी पार्टी नेतृत्व हाक्न नभई विपक्षीय दलको आक्रमणबाट जोगिनको लागि पार्टीको साहारा खोज्दै आएको दोलखाको केहि काङ्ग्रेस कैअग्रज नेताहरू भनाइ छ।
कतिपय नेता कार्यकर्ताले केन्द्रिय सदस्य शिवाकोटीलाइ कार्बाहि सहितको पार्टीबाट निष्कासन हुनुपर्छ भनेर पार्टी नेतृत्वसग दवाब दिइरहेका छन छानबिन समितिले निकालेको निष्कर्ष पछाडि टुङ्गो लाग्ने छ। पार्टीले गरेको कार्बाहि चानचुने नरहेको र भाबि दिनमा पार्टिको नेतृत्व हाक्न र विभिन्न तहको चुनाव लड्न समेत अयोग्य ठहर हुने सभापति लामाले बताए भने उनि सम्पन्न निर्वाचनको प्रदेश ख मा पराजित भएका थिए।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १३:५२