काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले बताए ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उनको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएको मल्लले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १४:१७