काठमाडौं– नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने बताईएको छ।
पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले ‘प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहेको बताउदै सरकारमा जाने कुरा तत्काल पार्टीले नसोभेको बताइन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको बताइन् ।
पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १४:३०