काठमाडौं– नेप्से परिसूचक आज सोमबार ५७ अकंले उकालो लागेको छ । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएसँगै नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा कायम रहेको हो ।
आज ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै आज २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
नेप्से उल्लेख्य बढ्दा आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै गोखार्ज फाइनान्सको सेयर बढेकोे छ । कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
त्यस्तै, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ८८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी पावरको ७ करोड २६ लाख र एनआइसी एसियाको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १६:२०