सर्लाही – सर्लाही जिल्लाको कविलासी नगरपालिकामा एक १२ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । ती बालिकाको खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले बताउनुभयो ।
मृत्यु हुने बालिका नगरपालिका–८ अगर्वाका सरोजकुमार यादवकी छोरी नन्दनी यादव रहेको सर्लाही प्रहरीले पुष्टि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ १०:३३