काठमाडौं– नेपाली बजार मंगलबार सुनको भाउ बढेको छ । सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ७ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ ११:०७