काठमाडौं– निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धुम्बाराही नयाँ घरमा सर्ने भएका छन् ।
देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका हेन्। , ‘पर्सी बालुवाटार छाड्छौं । धुम्बाराहीमा नयाँ घर भेटिएको छ । आज र भोलि घरमा डेकोरेशन हुन्छ ।’ देउवाका स्वकीय सचिव भानु देउवाले भने ।
आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ १३:०७