काठमाडौं–पर्सा, मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगंज महानगरपालिका-२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् ।
वीरगंज महानगरपालिका-८ स्थित पार्कीङ गरी राखेको धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना।४६ प ८६२७ र प्र.०३-००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
सप्तरी, राजबिराज नगरपालिका-११ बस्ने शुभ नारायण शर्माको को.३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सोनु सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पुस ६ गते राति उनको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरी ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ १३:४२