काठमाडौं-निर्वतमान स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भएको बताएका छन् ।
आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खापुङले भने, ‘मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।’
उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरूद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत प्रशंसा गरेको बताए ।
‘मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ’, उनले भने, ‘यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।’
उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड(१९, हैजा र डेंगु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ १४:४५