असल शासन डट कम, नेपालगन्ज, फागुन १९ ।
सार्वजनिक सेवा प्रवाह २०७३ जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते नेपालगन्जमा सम्पन्न भएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमको शुरुवातमा सार्वजनिक सेवा प्रवाहका बिषयमा बाँके सहित देशका विभिन्न ९ जिल्लामा गरिएको सर्वेक्षणको नतिजाका बारेमा प्रमुख सर्वेक्षक प्रकासचन्द्र भट्टराईले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले काम गर्ने तवर तरिका नयाँ आए पनि आवश्यक श्रोत साधन र दक्ष कर्मचारीको अभावमा सोचे अनुरुप सेवाग्राहीलाई सेवा प्रवाह गर्न कठिन भएको बताए । सुशासन सबैको चासोको बिषय भएकोले भ्रष्टाचार बिरुद्धका गतिविधिमा क्रियाशिल संस्थाहरुसँगै अगाडी बढ्न जिल्ला प्रशासन तयार रहेको बताए । सेवाग्राहीलाई छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयले सबै निकायलाई सजग गराईरहेको बताए । यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका कोषाध्यक्ष रामकृष्ण मानन्धरले भ्रष्टाचार बिरुद्धको सहकार्य चुनौतीपूर्ण रहेको भन्दै सबैले एकजुट भएर लाग्न जरुरी रहेको बताए । ब्यवस्थापन राम्रो भएका सबै राम्रो हुने भन्दै उनले सबैलाई ब्यवस्थापनलाई चुस्त बनाउन आग्रह गरे । भ्रष्टाचार न्यूनीकरण गर्न मानिसको सोचमा परिवर्तन आउन जरुरी रहेको भन्दै आम नागरिकहरुले अनुभुति गर्नेखालका क्रियाकलाप गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा बरिष्ट प्रहरी उपरिक्षक अन्चल प्रहरी कार्यालय भेरीका प्रमुख महेश बिक्रम शाहले सार्वजनिक सेवा प्रति नागरिकको बिश्वास अभिबृद्धी हुन नसकेका कारण समस्या सिर्जना भएको भन्दै नेपाल प्रहरीले नागरिक सँग प्रत्यक्ष लक्षीत कार्यक्रम संचालन गरिरहेको बताए । सार्वजनिक सेवा प्रवाहका बिषयमा गुनासो नआउदा समस्याका बारेमा जानकारी नहुने भन्दै प्रहरी सँग सम्बन्धित समस्या भएमा निर्धक्क सँग गर्न अनुरोध गरे । भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती बिरुद्ध सधै तत्पर रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख उमेस कुमार झा, जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख बेद बहादुर केसी, राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख शिब भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधि ईसरत अली मुकेरी, नेपाली काग्रेसका सुधाङसु कोईराला, जिल्ला युवा क्लब संजाल बाँकेका सचिब राजन बर्मा, महिला मिलिजुलीकी संगिता राई, राष्ट्रिय अपांग महासंघ क्षेत्रीय कार्यालयकी उमा चौधरी, राईजिङ्ग आईडल्सका आसा गुरुङ्ग लगायत सहभागीहरुले खुल्ला छलफलमा सार्वजनिक सेवा प्रवाहका तथा सर्वेक्षणका बिषयमा बोलेका थिए । खुल्ला छलफलमा बोल्ने सहभागीहरुले भ्रष्टाचार बिरुद्ध आम नागरिकमा सचेतना बढेको बताएका थिए ।
बासका कार्यक्रम अधिकृत हेमराज भट्टले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा स्वागत तथा उद्धेश्यमाथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका उपाध्यक्ष छबीलाल सुनारले गरेका थिए । कार्यक्रममा सरकारी कार्यालय, राजनितिक दल, गैसस, पत्रकार, महिला समुह लगायत ५३ जनाको सहभागीता रहेको थियो ।