काठमाडौं– कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १२:०१