काठमाडौं– काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल चिलाउने भन्ने स्थानमा बा.५ ख ७३०९ नम्बरको सिमेन्ट लोड गरेको आईचर गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ३ मिटर तल दाउण्डे खोलामा पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ४८ वर्षीया कल्पना नेपाल खत्रीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ३ जनालाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा प्रदेश १-००१ प ०८८९ नम्बरको मोटरसाइकल बा।४ ख ६२७ नम्बरको बसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुधौली नगरपालिका डकाहा बस्ने २५ वर्षीय सुमन काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त मोटरसाइकल बागमती प्रदेश ०२६ च ५२१० नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना भएको थियो । बस र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १२:०३