एजेन्सी– बङ्गलादेशका प्रशिक्षक रसेल डोमिङ्गोले भारतसँग घरेलु मैदानमा टेस्ट शृङ्खलामा निराशाजनक हार व्यहोरेको केही दिनपछि राजीनामा दिएको छ ।
एसिया कपअघि टी–२० टोलीको जिम्मेवारीबाट यसै वर्षको सुरुमा हटाइएपछि आंशिक रुपमा मैदानबाहिर रहेका ४८ वर्षीय डोमिङ्गोले राजिनामा दिएको अधिकारीहरूले बुधबार बताएका छन् ।
दक्षिण अफ्रिकी क्रिेकेटरको बहिर्गमनसँगै बङ्गलादेशले फेब्रुअरीमा बेलाइतसँग खेल्नुअघि नयाँ प्रशिक्षकको खोजी गर्नेछ ।
बंगलादेश क्रिकेट बोर्डका अपरेशन प्रमुख जलाल युनुसले एएफपीसँग भने, “हामीले हिजो राति नै उहाँको राजीनामा पत्र प्राप्त गरेका छौं । अब हामी अर्को सिरिजअघि नै नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्न काम थाल्नेछौं । ”
जलालका अनुसार डोमिङ्गोको राजीनामाका बावजुद तीव्र गतिका बलिङ प्रशिक्षक र दक्षिण अफ्रिकाका साथी एलन डोनाल्डसहित अन्य सबै प्रशिक्षक सदस्य आफ्नो भूमिकामा रहनेछन् ।
बङ्गलादेशले भारतविरुद्धको एकदिवसीय शृङ्खला २–१ ले जितेको थियो तर अन्तिम खेलमा बलरको प्रभावशाली प्रदर्शनका बावजुद दुवै टेस्ट गुमाएको थियो ।
बेलाइतले मार्च १४ मा ढाकामा तीन वटा एकदिवसीय र तीन वटा टी–२० खेल खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १६:२३