काठमाडौं– सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश बदरको माग निवेदन आज बिहीबार पनि सुनुवाइ हुन सकेन ।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको लामिछानेको निवेदन हेर्न नभ्याइनेमा परेको छ ।
नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १५:४५