काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो। महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो।
‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ। जसको लागि तहाँमार्फत् सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।