काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी एनई ग्रुपका अध्यक्ष समेत रहेका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम अध्यक्ष श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्षश्री चिरञ्जीवी चापागाईबाट सपथ लिँदै पदभार ग्रहण गरेका थिए । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
उक्त अवसरमा श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताएका छन् । उनले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमितएवं शुभेच्छुकबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि लिएका छन् ।